टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुँदै आएको टाइगर कप भलिबल प्रतियोगिताको चौंथो संस्करण आजदेखि पोखरा रंगशालामा हुनेछ ।
प्रतियोगितामा २ विदेशी टीम पनि सहभागी हुने भएका छन् । प्रतियोगितामा पुरुषतर्फ श्रीलंकाको आर्मी टिम र महिलातर्फ भारतको हरियाणा क्लब सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
महिला तथा पुरुष दुवै विधामा हुने प्रतियोगिता माघ ६ गतेसम्म चल्ने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएकोे हो ।
‘प्रतियोगितामा विदेशी टिमहरुले पनि सहभागी लिनु नेपाली भलिबलप्रेमीका लागि सुखद खबर हो’, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले, ‘यो संस्करणमा २ वटा विदेशी टिम सहभागी गराउन पाउँदा गौरवान्वित छौं ।’
प्रतियोगितामा २ विदेशी टिमसहित पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी १२ टिम सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।
टाइगर ग्रुप अफ पोखराले ४ वर्षदेखि निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला खुला क्लब च्याम्पियनसिप गर्दै आएको हो । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ ।
साथै प्रतियोगितामा आयोजकका तर्फबाट खेल्ने गण्डकी प्रदेशको महिला तथा पुरुष दुवै टोलीमा ३-३ जना भारतीय खेलाडी पनि सहभागी हुनेछन् । गण्डकीको टोली भारतीय राष्ट्रिय भलिबल टिमका कप्तान विनितकुमार चौधरीसमेत सहभागी हुने शर्माले जानकारी दिए ।
शर्माका अनुसार टाइगर कपमा सहभागी हुने अन्य क्लबले पनि विदेशी खेलाडी ल्याउँदैछन् ।
प्रतियोगिता खेल्न भारतबाट आउने टोलीको नेतृत्व भारतको राष्ट्रिय महिला भलिबल टोली क्याप्टेन मिनीमोल अब्राहमले गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा महिलातर्फ भारतको हरियाणा क्लबसहित चन्द्रागिरी नगरपालिका, न्यू डायमन्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश तथा ३ विभागीय टोली नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने अध्यक्ष शर्माले जानकारी दिए ।
पुरुषतर्फ श्रीलंकन टोलीसँगै ३ विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब तथा आयोजक टोली प्रतिस्पर्धामा उत्रिँदैछन् ।
आयोजकले प्रतियोगितामा महिला तथा पुरुष दुवै टोलीलाई समान पुरस्कार राशीकोसमेत व्यवस्था गरेको छ । दुवैतर्फ विजेताले समान ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
आयोजकले यो वर्षदेखि विजेता पुरस्कार राशीमा पनि वृद्धि गरेको हो । अघिल्लो संस्करणभन्दा यो वर्ष ५० हजार रुपैयाँले पुरस्कार राशी वृद्धि गरिएको आयोजकले जानकारी दिएको छ ।
त्यस्तै, प्रतियोगितामा द्वितीय हुने टोलीलाई २ लाख ५५ हजार ५५५ रुपैयाँ र तृतीय हुने टोलीलाई १ लाख २५ हजार ५५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते