कास्की प्रहरीले पोखरा न्यूरोडबाट ९ जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घर भई न्यूरोड बस्ने दिपा पुनको घरबाट उनीसहित ९ जना शनिबार राती पक्राउ परेका हुन् ।
प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ८ न्युरोड बस्ने ३५ वर्षीया दीपा पुन, पोखरा १ बगर बस्ने ५४ वर्षीय जीतबहादुर गुरुङ, पोखरा ११ बस्ने ३६ वर्षीय दिप्लव गुरुङ, पोखरा १८ बस्ने ३६ वर्षीया पवित्रा ढकाल, पोखरा ११ बस्ने ७१ वर्षीय तीर्थबहादुर गुरुङ र पोखरा १७ बिरौटा बस्ने ५० वर्षीया आईती गुरुङ छन् ।
यस्तै, पोखरा १० रामबजार बस्ने ३५ वर्षीय अमर खनाल, पोखरा १४ बस्ने कुलबहादुर गुरुङ र पोखरा बिरौटा बस्ने ३२ वर्षीय नबिन थापालाई जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले गएराति प्रकाउ गरेको हो । उनीहरूको साथबाट नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र ४ बुक तास बरामद भएको छ ।
जुवातास खेलिरहेको अवस्थामा प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने)ं सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते