निर्माण व्यवसायी संघ कास्कीको रक्तदानमा ४२ युनिट रगत संकलन

निर्माण व्यवसायी संघ कास्कीको रक्तदानमा ४२ युनिट रगत संकलन

raktadan

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ ।

संघको ३७ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा ४२ युनिट रगत संकलन भएको हो ।

निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरूङको अध्यक्षता र नेपाल निर्माण महासंघका उपाध्यक्ष खिमप्रकाश मल्लको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

वरिष्ठ निर्माण व्यवसायी झपिन्द्रराज रेग्मीले ५१ पटक रक्तदान गरे । उनलाई प्रमुख अतिथि महासंघका उपाध्यक्ष खिमप्रकाश मल्लले खादा र माला लगाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds