पोखरा । ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा..’ का सर्जक शीतल गिरी गीतकार प्रतिष्ठान नेपालको अध्यक्षमा चयन भएका छन् । शनिबार पोखरामा भएको प्रतिष्ठानको दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
उपाध्यक्षमा अनुराग अधिकारी, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा लाल कार्की अञ्जान, सह–सचिवमा विर्सना बस्नेत रहेका छन् । सदस्यमा राजाराम पौडेल, जीवन मित्र पण्डित, सावित्री गिरी, रेशम रचक, हरिमाया पराजुली र आर्दश पोखरेल रहेका छन् ।
डिल्लीराम अर्यालको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन मण्डलले आवश्यक प्रक्रिया पुरा गरेर नयाँ नेतृत्व सहतिको टीम घोषणा गरेको थियो । निर्वाचन मण्डलको सदस्यमा पुष्पराज पौडेल र विक्रम पौडेल रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिष्ठानले गर्दै आएका कामको सहित नयाँ केही कार्यक्रम गर्ने योजना आफूले बनाएको खुलाए । सबैको साथ सहयोगमा आफ्नो कार्यकाल सफल बन्ने उनको विश्वास छ ।
उनले केही नयाँ कार्यक्रम आफ्नो कार्यकालमा सुरु गर्ने समेत बताए । ‘विभिन्न कार्यक्रम अगाडि बढाउन पाए भनेर पहिलेबाट सोचेका केही कार्यक्रम छन्ति, नका साथ केही नयाँ शैलीका कार्यक्रम समेत गर्नेछौं’ उनले प्रतिवद्धता गरे ।
निवर्तमान अध्यक्ष हरिहर खनियाले नयाँ नेतृत्व सहतिको टीमले अस अगाडि गरेका कामको निरन्तरता सहित केही रचनात्मक कार्यहरु गर्दै यसको आर्कषण बढाउने उपेक्षा गरे ।
वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले नयाँ निर्वाचित टीमलाई सफल कार्यकालको शुभकामना दिइन् । प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रममा आफ्नो तर्फबाट सदैव साथ रहने उनको प्रतिवद्धता थियो ।
यसअगाडि अधिवेशनको उद्घाटन कवि, गीतकार तथा संस्कृतीकर्मी तीर्थ श्रेष्ठले गरेका थिए । श्रेष्ठले गीतको मुख्य व्यक्ति गीतकार हुँदाहुँदैपनि उनीहरु छायाँमा पर्ने गरेको गुनासो गरे । गीतकार प्रतिष्ठानले गीत वाचन कार्यक्रमको थालनी सुरु गर्नु राम्रो कुरा भएको बताएका उनले गीत हुनको लागि रेकर्ड हुनुपर्छ भन्ने नरहेको प्रष्ट पारे ।
पैसाको बलले समेत गीतकार बन्ने चलन देखिएकोमा उनको चिन्ता थियो । ‘गीतको बजारीकरण गर्दै आम पाठकका माझमा पुर्याउने काम हामीले गर्न सकेका छैनौं’ श्रेष्ठले भने ।
सोही कार्यक्रम मार्फत गीतकार शीतल कादम्बिनीलाई श्रष्टा सम्मान अर्पण गरियो । गीतकार प्रतिष्ठान नेपालको स्थापना २०७७ सालमा भएको हो ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने