पोखरा । विद्यार्थीहरूको पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू र अभिभावकहरूसहितको उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गर्यो ।
मोटिभेसनल स्पीकर डा. रविन कटुवालले सहजीकरण गर्दै पढाइको महत्व मानिसले बुझ्न सक्यो भने संसारमा सबैभन्दा शक्तिशाली बस्तु भनेको ज्ञान वा शिक्षा रहेको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका विद्यालयका प्राचार्य किरण सापकोटाले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्दै छोराछोरीले बाबाआमाको आँखामा हेरर देखेको सपना पछ्याउन मेहनत गर्नुपर्ने बताए ।
कमजोर विद्यार्थीले अबका बाँकी दिनहरूमा आफ्नो पढाइमा जसले बढी स्तरोन्नति गर्छ त्यस विद्यार्थीलाई पनि एसईई नतिजाका आधारमा प्रथम सरह नै अवार्ड दिने वचनवद्धता प्रकट गरे ।

विद्यालयका सह–प्राचार्य प्रदीप खनालले सञ्चालन गरेको कार्यक्रममा कक्षा दशको तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा वितरणसमेत भएको विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने