पोखराको संगमटोलबाट लागु औषधसहित युवक पक्राऊ

पोखराको संगमटोलबाट लागु औषधसहित युवक पक्राऊ

Minimalist Soft Summer Collection Photo Collage

कास्की। कास्की प्रहरीले पोखराको संगमटोलबाट लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -१३ संगमटोल बस्ने २३ वर्षीय सागर परियारलाई बिहीबार दिउँसो अन्दाजी ४ बजे प्रहरीले अवैध लागु औषधसहित पक्राउ गरेको हो।

परियारले लागु औषधको कारोवार गर्छन् भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले उनको घरमा चेकजाँच गर्ने क्रममा कोठामा लुकाई राखेको अवस्थामा गाँजा २ किलो ८ सय ६५ ग्राम, फेनरागन ६ एम्पुल, डाईजेपाम ५ एम्पुल, नुर्फिन ५ एम्पुल र नगद ६ हजार १ सय १५ रूपैयाँ बरामद गरेको हो।

पक्राउ परेका उनीमाथि लागु औषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ