पोखरा । गण्डकीका संस्थापक प्रदेश सभा सदस्यहरु संगठित भएका छन् । पोखरामा बिहीबार भएको भेलाले गण्डकी प्रदेश सभा, पूर्व सांसद मञ्च गठन गर्ने निर्णय भएको छ । पूर्व सांसद ओमकला गौतमका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्ध बनाउँदै प्रदेशबासीको हकहित प्रवद्र्धन मञ्च गठन गरिएको हो ।
संघीय संसद तथा गण्डकी प्रदेश सभासँग आवश्यक समन्वय गरी गण्डकी प्रदेश सभाको काम कारबाहीमा प्रभावकारिता ल्याउने उद्देश्यले गण्डकी प्रदेश सभाका पूर्व सदस्यहरु रहने गरी मञ्च गठनको निर्णय गरिएको उनको भनाइ थियो ।
भेलाले मञ्चको विधान मस्यौदा निर्माणका लागि समिति समेत गठन गरेको छ । विधान मस्यौदा तथा भेला आयोजक समितिको संयोजक पूर्वसभामुख नेत्रनाथ अधिकारीलाई तोकिएको छ ।
समितिको सदस्यमा श्रृजना शर्मा, मायानाथ अधिकारी, सावित्रा राना, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, गायत्री गुरुङ, विनोद केसी, खीमविक्रम मल्ल र धनमाया पोखरेल लामा छन् । मञ्चको अर्को भेला प्रदेश सभा स्थापनाको दिन माघ २२ गते प्रदेश सभा परिसरमा बस्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सभा ६० सदस्यीय छ ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर