राष्ट्रिय भलिबलमा गण्डकी प्रदेश तेस्रो

राष्ट्रिय भलिबलमा गण्डकी प्रदेश तेस्रो

Gandaki Volleyball 2080

पोखरा । गण्डकी प्रदेश राष्ट्रिय भलिवल प्रतियोगितामा तेस्रो भएको छ । गण्डकीले विभागीय टोली आर्मीलाई पराजित गरेको हो ।

योसँगै गण्डकीले समूह चरणमा आर्मीसँगै भएको हारको बदला लिएको छ ।

गण्डकीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो । गण्डकी समूह चरणको खेलमा आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

गण्डकीले पहिलो सेट २५-२२ जित्दा दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक तवरले २६-२४ अङ्कले आर्मी विजयी भयो ।

तेस्रोमा गण्डकीले २६-२४ अङ्कले बाजी मार्‍यो । चौथो सेटमा गण्डकी पूर्णरूपमा आफ्नो नियन्त्रणमा राख्दै २५-२२ अङ्कले जित्यो ।

गण्डकी समूह चरणमा आर्मी र सेमिफाइनलमा एपीएफसँग पराजित भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ