पोखरा । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती पोखरामा बहसमूलक कार्यक्रमसहित गतिविधि गरेर मनाइने भएको छ ।
पृथ्वीचोकमा शाहकै सालिक राखिनुपर्छ भनेर आवाज उठाउँदै आएको राष्ट्र गौरव अभियानले शुक्रबार विभिन्न समुदायको झाँकीसहितको र्याली, पृथ्वीनारायण शाहको विषयमा केन्द्रीत रहेर बहस गर्न लागेको छ ।
पृथ्वीचोकमा हुने बहसमा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ र लेखक तथा इतिहासविद् हरिप्रसाद सोडारी सहभागी हुने अभियान संयोजक सिरोजविजय कोइरालाले जानकारी दिए । यो बहस बुधबार दिउँसो एक बजे सुरू हुनेछ । यो कार्यक्रम सुरू हुनुअघि चिप्लेढुंगादेखि न्यूरोड हुँदै पृथ्वीचोकसम्म र्याली निकालिने कोइरालाले बताए ।
ठकुरी समाज महासंघ, क्षेत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, स्वतन्त्र नागरिक समाज नेपाल, विश्वकर्मा समाज नेपाल, विश्व हिन्दु युवा संघ नेपाल, विश्व हिन्दु महासंघ कास्की, दशनामी समाज कास्की, पतञ्जली सेवा समिति कास्की, इस्लामिक कल्याणकारी समाज कास्की, जलारी समाज कास्की कार्यक्रमको सहआयोजक छन् ।
अभियानसहित राप्रपाले पनि पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पोखरामा र्याली निकाल्दै छ । अमरसिंहचोकबाट पृथ्वीचोकसम्म र्याली गर्ने तयारी भइरहेको राप्रपा कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने