हेमजा । दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बिहीबार देखि सुरु भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना साथै ३ न.वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेको समन्वयमा माछापुच्छ्रे–३, घाचोक मेधराज मा.विको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
बिहीबार भएका खेलमा रुपा गा.पा कास्कीले माछापुच्छ्रे गा.पा रातोलाई, निसिखोला गा.पा बाग्लुङले मोदी गा.पा पर्वतलाई हराएको छ । अन्नपुर्ण गा.पाले प्रतिस्पर्धी क्लब बाग्लुङ न.पा बाग्लुङ र माछापुच्छ्रे गा.पा निलो कास्कीले पुतलिबजार न.पा स्याङजाले वाक ओभर दिएपछि आगामी यात्रा तय गरेका हुन् । साथै मल्कोट नगरपालिका बाग्लुङ र शुक्लागण्डकी न.पा तनहुँ बिच भएको खेल लाईट पोटेष्टका कारण स्थगित भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालय मन्त्री मन्त्री, माननीय श्री सुशिला सिंखडाले खेला मानब जिवनका लागि अत्यावश्यक रहेको बताउदै खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताए । स्थानीय, प्रदश र केन्द्र, ३ नै तहको सरकारले खेललाई प्रथामिकतामा राखेकाले यस्ता प्रतियोतिा आयोजना गरिएको उल्लेख गरे ।
गाउँपालिका अध्यक्ष मिन ब. गुरुङले युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले आयोजित कार्यक्रममा सहभागि टिम साथै उपस्थित सम्पुर्ण दर्शकलाई धन्यवाद दिंदै खेलले गलत बाटोमा भौतारीरहेका यूवा जनशक्तिलाई प्रगती र उत्थानको बाटोमा डोर्याउन सकिने र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्दा सजिलो अर्को बाटो छैन भन्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय विभिन्न आमासमुह, युवाक्लब साथै सामाजिक संघसंस्थाहरुको सहमागितामा झाकी सहितको र्याली निकालिएको थियो ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन व. गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न.३ घाचोकका अध्यक्ष हरिशचन्द्र लाम्साले र संचालन माछापुच्छ्रे गाउँपालिका भलिबल संघका सचिव होम प्रसाद गुरुङले गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गरेका २ टिम लाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । पौष २८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते