पोखरा । कास्कीको मादी गाउँपालिकाभित्र चल्ने सवारी भाडा दर समायोजन गरी एकरुपता ल्याउन र भाडादर सार्वजनिक गर्न नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले गाउँपालिका नेतृत्वसँग माग गरेको छ ।
अनेरास्ववियु मादी गाउँपालिका कमिटीले सडकअनुरूप गाडीभाडा दर समायोजन गरी एकरुपता ल्याउन माग गर्दै बिहीबार गाउँपालिका अध्यक्ष देविजंग गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । ‘लामो समयदेखि यातायात व्यवसायीले गर्दा आएको एकलौटीप्रति अनेरास्ववियु मादी गाउँपालिका घोर भत्र्सना गर्दछ । छिटोभन्दा छिटो वैज्ञानिक पद्धतिअनुसार कालोपत्रे, ग्राभेल सडक र कच्ची सडकअनुरूप गाडीभाडा दर समायोजन गरी एकरुपता ल्याउन र भाडादर सार्वजनिक गर्न माग राख्दछौं,’ पत्रमा भनिएको छ ।
सवारीसाधनले विद्यार्थी परिचय पत्र, ज्येष्ठ नागरिक र अपाङ्गताको आधारमा गाडीभाडा छुट नदिएको र केही बस तथा जीपमा गाडी भाडादर सुची नराखिएको पाइएकोले गाउँपालिकाको ध्यानाकर्षण गराइएको अनेरास्ववियु गाउँपालिका कमिटी अध्यक्ष प्रदीप सापकोटाले बताए । मागहरु सम्बोधन नभए थप ठोस कार्यक्रम गरिने उनले बताए । वैज्ञानिक पद्धतिअनुसार गाडी भाडादर सूची प्रकाशन गर्न साथै विद्यार्थीहरूको हकहितमा रहेको ४५ प्रतिशत छुट कार्यान्वयन गर्न माग गरिएको अनेरास्ववियु जिल्ला कमिटी कास्कीका कोषाध्यक्ष रवि क्षेत्रीले बताए ।
मादी गाउँपालिकामा १२ वटा वडा छन् । यी वडामा बस र जीपले सर्वसाधारणलाई यातायात सेवा दिन्छन् ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो