पोखरा। बालिकाको सुनको मुन्द्रा चोरी गरेको अभियोगमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -१२ शितलादेवी स्कुलमा अध्ययनरत ६ वर्षकी बालिकाको सुनको मुन्द्रा चोरेको अभियोगमा प्रहरीले पर्वत जिल्ला मोदी गाउँपालिका -६ घर भइ हाल पोखरा -४ गणेशटोल बस्दै आएकी ३४ वर्षीया टिका श्रेष्ठलाई पक्राउ गरेको हो।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार मंसिर २० गते अन्दाजी २:३० बजेको समयमा महिलाले बालिकाको घरमा कोही नभएको मौका पारी ललाई फकाई उनले कानमा लगाएको सुनको दुई थान मुन्द्रा र घरमा रहेको भुड्किको २ हजार २ सय ४० रुपैयाँ चोरेर फरार भएकी थिइन्।
घटनाबारे अभिभावकलाई थाहा भएपछि प्रहरीलाई जानकारी गराएकोमा तत्काल खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई पक्राउ गर्न सफल भएको हो।
प्रवक्ता विकका अनुसार श्रेष्ठ यसअघि पनि विभिन्न १२ जना महिला तथा वालवालिकाहरुको सुनका गरगहना चोरी गरी चोरी मुद्दामा अदालतको फैसला बमोजिम ९ महिना कैद र २८ हजार जरिवाना तिरेर छुटेकी हुन्।
हाल उनीमाथि चोरी तथा डाँका मुद्दामा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीको भनाई छ।
सम्बन्धित खबर
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला