पोखरा । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती पोखरामा बहसमूलक कार्यक्रमसहित गतिविधि गरेर मनाइने भएको छ । पृथ्वीचोकमा शाहकै सालिक राखिनुपर्छ भनेर आवाज उठाउँदै आएको राष्ट्र गौरव अभियानले शुक्रबार विभिन्न समुदायको झाँकीसहितको र्याली, पृथ्वीनारायण शाहको विषयमा केन्द्रीत रहेर बहस गर्न लागेको छ ।
पृथ्वीचोकमा हुने बहसमा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ र लेखक तथा इतिहासविद् हरिप्रसाद सोडारी सहभागी हुने अभियान संयोजक सिरोजविजय कोइरालाले जानकारी दिए । यो बहस बुधबार दिउँसो एक बजे सुरू हुनेछ । यो कार्यक्रम सुरू हुनुअघि चिप्लेढुंगादेखि न्यूरोड हुँदै पृथ्वीचोकसम्म र्याली निकालिने अभियानका प्रवक्ता अरूण गिरीले जानकारी दिए ।
ठकुरी समाज महासंघ, क्षेत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, स्वतन्त्र नागरिक समाज नेपाल, विश्वकर्मा समाज नेपाल, विश्व हिन्दु युवा संघ नेपाल, विश्व हिन्दु महासंघ कास्की, दशनामी समाज कास्की, पतञ्जली सेवा समिति कास्की, इस्लामिक कल्याणकारी समाज कास्की, जलारी समाज कास्की कार्यक्रमको सहआयोजक छन् ।
राप्रपाले पनि शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पोखरामा र्याली निकाल्दै छ । अमरसिंहचोकबाट पृथ्वीचोकसम्म र्याली गर्ने तयारी भइरहेको राप्रपा कास्कीले जनाएको छ । ठकुरी समाजले छोरेपाटनदेखि पृथ्वीचोकसम्म र्याली निकाल्ने तयारी गरेको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो