पोखरा १५ मा बृहत खेलकुद महोत्सवको तयारी

खेलकुद

पोखरा १५ मा बृहत खेलकुद महोत्सवको तयारी

फुटबल, भलिबल, सडक दौड, ब्याडमिण्टनमा प्रतिस्पर्धा हुने

woda

पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा माघको पहिलो साता वडा १५ स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव हुने भएको छ ।

माघको २ देखि ४ गतेसम्म बन विज्ञान अध्यायन संस्थान भित्रको मैदानमा हुने महोत्सवको पूर्वार्द्धमा वडाले बुधबार वडावासीसंग छलफल गरेको छ ।

सो अवसरमा वडाध्यक्ष तोरण बानियाँले आगामी प्रतियोगितालाई सफल पार्न वडावासीलाई आग्रह गरे । आपसी भाइचारा विकास र वडावासीविचको सम्बन्धमा सुमधुरता ल्याउन वडाले यो महोत्सव आयोजना गरेको उनले बताए ।

प्रतियोगितामा सहभागिता जनाउन वडा १५ को बासिन्दा हुनुपर्ने, तथा अन्यत्रबाट आएको भए बसाई सराईको कागजात हुनुपर्ने बानियाँले सो अवसरमा जानकारी दिए ।

महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरुविच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुने खेलकुद कार्यक्रमका संयोजक वडा सदस्य आशिष भण्डारीले जनाए । पुरुष स्तरिय टोल तथा क्लहरुविच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्स ब्याडमिण्टन हुने छ ।

त्यसैगरि महिलाहरुविच भलिबल, रस्साकसी, ४० वर्ष माथिकाहरुको सडक दौड, डबल ब्याडमिण्टन लगायतमा प्रतिस्पर्धा हुनेछ । विद्यालय स्तरिय फुटबल तथा अपाङ्गता भएका व्यक्तिहरुविच बास्केट बल प्रतियोगिता हुने संयोजक भण्डारीले बताए । प्रतियोगिताका विभिन्न इभेण्टमा जित हाँसिल गर्ने टिमहरुले नगद सहित शिल्ड मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ