पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा कार र्याली सम्पन्न भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा पोखरामा कार र्यालीको आयोजना गरेको हो ।
महोत्सव स्थल पोखराको अमरसिंह मैदानबाट सुरु भएको र्याली अमरसिंह चोक, हस्पिटलचोक, रानीपौवा, सितलादेवी, भद्रकाली, बाँझापाटन, मियापाटन, कदममार्ग, चाउथे चोक, मझेरीपाटन, काजीपोखरी, विरेन्द्रचोक, रामबजार, बुद्धचोक हुदै पुन अमरसिंह मैदानमा पुगी समापन भएको हो ।
र्यालीको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरिक्षक बिनोद श्रेष्ठले पोखरा महोत्सव सामाजिक सेवाका लागि आयोजना गरिएको महोत्सव भएकाले महोत्सवको सुरक्षामा आफ्नो युनिटले सहकार्य आयोजक संग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
र्यालीमा महोत्सव आयोजक यूनाइटेड क्लबका पदाधिकारीहरु, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु, महोत्सव आयोजक, महोत्सव सल्लाहकार लगायतको सहभागीता रहेको थियो ।
महोत्सवको बिहीबार दिनको १ बजे प्रतिनिधी सभाका सभामुख सम्माननीय देबराज घिमिरेले उद्घाटन गर्नेछन् । महोत्सव पूर्व पोखरा रंगशालाबाट महोत्सव स्थल अमरसिंह मैदान सम्म झांकी र र्याली सहितको सहभागीता रहने छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने