भारतसँग भएका सबै सम्झौता उपलब्ध गराउन संसदीय समितिको निर्देशन

भारतसँग भएका सबै सम्झौता उपलब्ध गराउन संसदीय समितिको निर्देशन

samiti nirdeshan

काठमाडौँ — प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झाैता सात दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ । समितिले यसअघि भारतसँग गरेका अन्य सम्झौता पनि उपलब्ध गराउन भनेको छ ।

समितिले भारतसँगको पछिल्लो सम्झौता र यसमाथि उठेका बहसहरूको सन्दर्भमा छलफल गर्न बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई निम्त्याएको थियो ।

प्रधानमन्त्री दाहालले २० करोड रुपैयाँ लिन निर्णय कुनै राष्ट्रघाती नभएको बताए । एमाले सांसद महेश बर्तौला लगायतले भारतसँगको सहमति राष्ट्रघाती भएको आरोप लगाएका थिए । उनले सहमति र सम्झौताहरू समितिलाई जानकारी गराउन भनेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ