पोखरा । पोखरामा सोमबार बिहान फेला परेको सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
उक्त वस्तु पोखरा महानगरपालिका १५, टुटुंगाका ढुंगेसाँघु पुल नजिकै झाडीमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखराका कर्मचारीले फेला पारेका थिए ।
शिक्षालयका प्रशिक्षार्थीले मंगलबार बाहिरी अभ्यास गर्ने क्रममा उक्त वस्तु ढुंगेसाँघुको झाडीमा कालो झोलामा राखेको अवस्थामा फेला पारेका थिए । उनीहरुकै सूचनका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेको थियो ।
सुनजस्तो रङ र सुनकै प्रकृतिमा तयार पारिएको उक्त वस्तु साँझ परीक्षणका क्रममा सुनजस्तो देखिने अन्य धातु भएको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।
उक्त चिजवस्तु स्थानीय जनप्रतिनिधि, सुनचाँदी व्यवसायी संघका प्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीको रोहबरमा सुनचाँदी व्यवसायी संघ, कास्कीमा परीक्षणका लागि पठाइएको थियो ।
सुनजस्तो देखिने पहेंलो वस्तु झाडीमा कसले, किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने