गैर कानूनी कर्जा प्रवाह तथा निक्षेप संकलन मुद्दाका ९ वर्षदेखि फरार रेशम पक्राउ

गैर कानूनी कर्जा प्रवाह तथा निक्षेप संकलन मुद्दाका ९ वर्षदेखि फरार रेशम पक्राउ

१२३

पोखरा । कास्की प्रहरीले गैर कानूनी कर्जा प्रवाह तथा निक्षेप संकलन मुद्दामा विगत ९ वर्षदेखि फरार प्रतिबादी पक्राउ गरेको छ ।

विगत ९ वर्षदेखि फरार प्रतिबादी पोखरा महानगरपालिका –८ आलुमाईला चोक बस्ने वर्ष ४३ का रेशम रोका नेपालीलाई मंगलबार पक्राउ गरेको हो ।

नेपाली विरुद्ध उच्च अदालत पोखराको २०७१ फागुन ११ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय फैसला भएको थियो ।

नेपालीलाई पक्राउ गरी कास्की अदालतमा पेश गरेकोमा उक्त कैद सजाय भुक्तानको लागि हिजै कारागार चलान भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds