नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्र र प्रदेश नेतृत्वका लागि उम्मेदवारी घोषणा

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्र र प्रदेश नेतृत्वका लागि उम्मेदवारी घोषणा

pustak bebasai

पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको काठमाडौंमा हुने सातौं महाधिवेशन तथा महासंघ गण्डकी प्रदेशको तेश्रो अधिवेशनका लागि कास्कीबाट विभिन्न उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघ कास्की शाखाले आज पोखरामा आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रमम महासंघको केन्द्रीय अध्यक्षका लागि ऋषिराम शर्मा, सचिवमा मोहनप्रसाद सापकोटा र गण्डकी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन् ।

केन्द्रीय अध्यक्षका आकांक्षी शर्माले आगामी फाल्गुन १८ र १९ गते काठमाडौंमा हुने सातौं महाधिवेशनमा आफु अध्यक्षका लागि योग्य उम्मेदवार भएकोले दावि पेश गरे । शर्मा महासंघमा स्थापनाकालबाटै जोडिएका हुन् । विधान मस्यौदा समिति सदस्य, पटक पटक केन्द्रीय सदस्य, सचिव, उपाध्यक्ष, जिल्ला अध्यक्ष तथा गण्डकीको संस्थापक अध्यक्षका रुपमा पिन काम गरिसकेका छन् ।

शर्माले महासंघको नेतृत्वमा रहेर उत्पादक, प्रकाशक, वितरक, थोक विक्रेता, खुद्रा विक्रेता, उपभोक्ता, विद्यार्थी, अभिभावक लगायत सम्पूर्णका हकाधिकारलाई सुनिश्चित गर्नका लागि योजनाबद्ध काम गर्ने बताए। उनले भने, हाल पठनपाठनको संस्कृतिमा भईरहेको ह्रासलाई माथि उठाउने, जगेर्ना गर्ने, बिसंतिका विरुद्ध लड्ने, व्यवहारिक तथा व्यावसायीक क्षेत्रको उत्थानका लागि काम गर्नेछु ।

शर्माले देशको आवश्यक्ता अनुसारको जनशक्ति निर्माणमा देखिएका कमजोरीहरुलाई राज्यको नीति निर्माण तहमा पुर्याउने र समाधान लागि शसक्त रुपले अगाडी बढ्ने दृढता व्यक्त गरे । शर्मा कास्कीका बासिन्दा हुन् । उनले बितेका तीन दशकदेखि मनकामना बुक्स एण्ड स्टेशनरी संचालन गर्दै आएका छन् ।

केन्द्रीय सचिव पदका उम्मेदवार मोहनप्रसाद सापकोटाले २०६५ सालमा व्यवसाय शुरु गरेका हुन् । उनले जनसेवा सप्लायर्स मार्फत पुस्तक तथा स्टेशनरी विक्री वितरणको काम गर्दै आएका छन् । सापकोटासंग नवौ अधिवेशनबाट अध्यक्ष भई जिल्लाको नेतृत्व गरिसकेको अनुभव रहेको छ । उनले सम्पूर्ण व्यवसायीलाई अँझ महासंघप्रति भरोसा जगाउने खालको काम गर्ने इच्छा जाहेर गरेका छन् ।

उनले व्यवसायीका समस्यालाई छलफल गरेर समाधान गर्ने र अभियानकै रुपमा सार्थक तुल्याउन महासंघको केन्द्रीय सचिवका लागि उम्मेदवारी घोषणा गरेको बताए । स्टेशनरी र खेलकुदका समस्या ओझेलमा परेकाले समाधानका उपाए खोज्ने, मसलन्द उप्पादकसंग सहकार्य गर्ने, राज्यले बनाउने नीति निर्माणमा महासंघको बलियो उपस्थिति गराउन आवाज उठाउने उनका योजना रहेका छन् ।

सो अवसरमा सापकोटाले व्यवसायीलाई करमैत्री व्यवसाय गर्न प्रशिक्षण् दिने र राज्यका नीति नियमहरुलाई व्यवसायीमाझ पुर्याउने, महासंघकाे छाताभित्र नरहेका अधिकांश उत्पादक, वितरक र खुद्रा व्यवसायीलाई महासंघका आवद्ध गराउने इच्छा प्रस्तुत गरे ।

महासंघको यही माघ २० गते पोखरामा हुने गण्डकी प्रदेशको तेश्रो अधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका कृष्णप्रसाद पोखरेलले “गुणस्तरिय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच, सांगठनिक आधार” भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै स्थापना भएको महासंघको गरिमालाई अँझ उच्च राख्न उम्मेदवारी घोषणा गरेको बताए ।

पोखरेलले स्टेशनरी तथा पुस्तक व्यवसायलाई मर्यादित बनाउदै संगठन बिस्तारमा जोड दिएका छन् । उनले सो अवसरमा स्टेशनरी तथा पुस्तक व्यवसयी बिचको सम्बन्धलाई प्रगाढ बनाउन, समस्याहरुको समानका लागि आवश्यक नीतिहरुको निर्माण र कार्यान्वयनमा जोड दिएका छन् । उनले गण्डकी प्रदेशभित्रका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुबीच समन्वय गरेर गण्डकी प्रदेशलाई व्यावसायीक दृश्टिकोणले उत्कृष्ट बनाउने इच्छा प्रकट गरे ।

२०६२ सालमा स्थापना भएको महासंघमा करिब १५ हजार व्यवसायी आवद्ध भएका छन् भने धेरै आवद्ध हुन बाँकी रहेका छन् । यसका ७२ जिल्लामा संगठन बिस्तार भईसकेका छन् ।

महासंघ कास्की अध्यक्ष कविन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव संजय आचार्यले संचालन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ