पोखरा । आगामी पुषको २६ देखि माघकोे ८ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा बनाईने भएको छ । महोत्सवमा नेपाल प्रहरी, सशस्त्र, प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसि क्यामेराको माध्यमबाट सुरक्षा प्रदान गरिने भएको हो ।
महोत्सव आयोजक यूनाइटेड क्लब र सुरक्षा निकायहरुबीचको बैठकमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा महोत्सवको सुरक्षामा कुनैपनि कमजोरी हुन नदिने बताए । यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको आफुले जानकारी पाएको बताउदै सामाजिक कामका लागि आयोजना गरिने पोखरा महोत्सवको सुरक्षामा कुनैपनि कमि कमजोरी हुन नदिने बताएका हुन् ।
महोत्सव आयोजकले अघिल्लो संस्करणको महोत्सवहरुको भन्दा यो संस्करणमा अझै सुरक्षामा विशेष महत्वका साथ सुरक्षा प्रदान गर्ने गरी प्रहरी प्रशासन सँग सहकार्य गरेर अगाडी बढेमा सुरक्षामा कुनैपनि चुनौति खडा नहुने बताउदै जिल्ला अधिकारी घिमिरेले महोत्सव स्थलहरु वरपर राखिने फुटपाथ ब्यवशायीहरुले सडक दुर्घटनाहरु निम्त्याउन सक्ने बताए । फुटपाथ ब्यवसायीहरुलाई हटाउन महानगर संग सहकार्य गर्न महोत्सव आयोजकलाई आग्रह गर्दैै महानगरले हटाउन नसके प्रशासन लगाएर फुटपाथ ब्यवशाय हटाउन प्रशासनले सहयोग गर्ने समेत बताए ।
महोत्सवको माध्यामबाट सचेतनामुलक सुचनाहरु प्रवाह गर्न समेत उनले आग्रह गर्दै महोत्सवमा प्रविधीको उच्चतम प्रयोग गरी सुरक्षालाई चुस्त दुस्त बनाउन प्रहरी प्रशासन र आयोजक लाग्नुपर्नेमा जोड दिए ।
कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले महोत्सव अवधिभर विषेश सुरक्षा योजना बनाएर अघिल्लो संस्करण भन्दा बढी मात्रामा प्रहरी परिचालन गराउने वताए । महोत्सव स्थलमा निगरानीका लागिने सिसि क्यामेरामा नेपाल प्रहरीबाट नै दक्ष प्राविधिकको उपस्थितीमा प्रत्यक्ष निगरानी गर्ने समेत थापाको भनाइ रहेको थियो ।
त्यस्तै ट्राफिक ब्यवस्थापनका लागि आयोजक संग सहकार्य गरेर अगाडी वढ्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भानु शर्माले वताए । कालिका गण मालेपाटनका गणपति प्रहरी उपरिक्षक धन बहादुर बानियाले महोत्सवको सुरक्षाको लागि सशस्त्र प्रहरीले समेत आवश्यक अनुसार फौज परिचालन गर्ने वताए ।
सो अवसरमा बोल्दै जेट सेक्युरिटीका प्रवन्ध निर्देशक कृष्ण सुवेदीले प्रशासनबाट उपलब्ध सुरक्षाकर्मी सँग सहकार्य गरेर महोत्सवको सुरक्षामा लाग्ने बताए । त्यस्तै सिसि क्यामेरा आइटिकीका प्रवन्ध निर्देशक दिनेश महर्जनले महोत्सवमा अत्याधुनिक सिसि क्यामेराको माध्यामबाट पूर्ण सुरक्षाको प्रवन्ध मिलाएको बताए ।
सो अवसरमा बाह्रौं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले महोत्सवको बारेमा जानकारी गराएका थिएभने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर