पोखरा । गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा बैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे चयन भएका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यमा प्रदिप बगाले (स्याङजा), पार्वती विक (नवलपुर), अधिप पाण्डे (तनहुँ), मोहन गुरुङ (कास्की), तिलक बहादुर अधिकारी (कास्की), कृष्ण सिंह बस्नेत ( गोरखा) र कल्याण भण्डारी (बागलुङ) चयन भएका छन् ।
यसअघि, भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको विकासका लागि परिषदले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे । उनले खेल संघहरुलाई सुशासनतर्फ अघि बढाउने प्रयासमा परिषद रहेको जनाउँदै नवगठित समितिले ह्याण्डबल खेलाडीको उत्पादन र विकासको गतिलाई समेत संगै–संगै अघि बढाउनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
सो अवसरमा परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी देवेन्द्र कुमार शेरचनले शुभकामना तथा बधाई दिंदै नवगठित कार्यसमितिले ह्याण्डबल खेलको विकासमा आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न र दर्शौको तयारीका लागि योजनावद्धरुपमा कार्य गर्न आग्रह गरे ।
प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार गठन भएको प्रदेश ह्याण्डबल संघलाई गति दिने गरी योजनाहरु निर्माण गर्ने प्रतिवद्धता नवगठित समितिका अध्यक्षले प्रतिवद्धता व्यक्त गरेका छन् । यसै गरी सम्पन्न भेलाले केन्द्रिय प्रतिनिधीको रुपमा पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी शेरचनलाई चयन गरेको छ भने गण्डकी प्रदेशको प्रशिक्षकको जिम्मेवारी ह्याण्डबल प्रशिक्षक राम बहादुर क्षेत्रीलाई दिने निर्णय समेत गरेको छ ।
सम्बन्धित खबर
दोस्रो यामबहादुर स्मृति फुटसल माघ १० मा
पोखरा १५ बृहत् खेलकुद महोत्सवः शुक्रबार विभिन्न खेल सम्पन्न, शनिबार समापन हुँदै
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
पाँचौं टाइगर कप भलिबलका लागि गण्डकी प्रदेशले भित्रायो ३ विदेशी खेलाडी
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी