राष्ट्रियसभाको निर्वाचनका लागि गण्डकीमा गठबन्धन उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा माओवादी केन्द्रकी मनरुपा शर्माले प्रदेश निर्वाचन कार्यालय गण्डकीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका हुन् ।
श्रेष्ठले अन्य क्लष्टर र पदमबहादुर परियारले अपांगता र अल्पसंख्यक क्लष्टरमा तथा शर्माले महिलातर्फ मनोनयन दर्ता गराएकी हुन् ।
श्रेष्ठ गोरखा र परियार तनहुँका हुन् भने पर्वतकी मनरूपा सहिद पत्नी हुन् । गण्डकीमा राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ।
अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन्। पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए। तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट निर्वाचित भएका थिए ।
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट एक/एक जना निर्वाचित हुनेछन् ।
गण्डकीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता तथा अल्पसङ्ख्यक समूहमा उम्मेदवारी दिँदैछ भने नेकपा माओवादी केन्द्रले महिलातर्फ उम्मेदवारी दिने गरी सिट बाँडफाँट गरेका छन् ।
आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीयतहका प्रमुख/उपप्रमुख एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् ।
निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कुल छ हजार चार सय १० मतभार छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता रहेका छन् । कांग्रेसको कूल मतभार दुई हजार सात सय चार रहेको छ । नेकपा एमालेका २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन् ।
एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ । यसैगरी, माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख र उपप्रमुख ३० गरी कुल नौ सय ९४ मतभार छ । प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख गरी समाजवादीसँग ७२ मत भार छ । गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुखरउपप्रमुख गरी तीन रहेकाले ५७ मतभार छ ।
मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जितेका हुन् । उनको मतभार १९ छ ।
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
अध्यादेशको विरोध गर्दै कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा
डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न कास्की अदालतको आदेश
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी