पोखरा । लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत कास्कीमा आइतबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश ऋषिराम आचार्यको इजलासले कारचालक बानियाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत मंसिर २४ गते आइतबार दिउँसो सवा ४ बजे पृथ्वीराजमार्ग अन्तर्गत लेखनाथको सुन्दरीबजारमा मानबहादुरले चलाएको कारले विपरित दिशाबाट आईरहेको स्कुटरलाई ठक्कर दिदाँ दुई युवतीको ज्यान गएको थियो ।
सो दुर्घटनामा गण्डकी मेडिकल कलेजमा अध्ययनरत पोखरा–५, जिरोकिमीकी २४ वर्षीया भावना बराल र पोखरा–२५, हेमजाकी २३ वर्षीया अनिशा खड्काको मृत्यु भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार अर्घौं निवासी कार चालक बानियाँले अनियन्त्रित ढंगले कार हाँक्दै विपरित दिशामा पुगेर स्कुटरलाई ठक्कर दिदाँ सो दुर्घटना भएको थियो ।
सम्बन्धित समाचारः
पोखरामा कारको ठक्करबाट स्कूटरमा सवार हेम्जाकी अनिशा र जिरोकी भावनाको मृत्यु
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते