गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा खेती र घरेलु मदिरा (लोकल रक्सी) लाई वैधानिक बनाउने सम्बन्धी विधेयक ल्याउन लागेको बताएका छन् ।
उनले गाँजा खेती र लोकल रक्सीलाई वैधानिक बनाउने विषयमा प्रदेश सरकारले विधेयकको मस्यौदा गरिरहेको बताए । उनका अनुसार यही हिउँदे अधिवेशनमा त्यससम्बन्धी विधेयकलाई प्रदेशसभामा पेश गर्ने तयारी छ ।
प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धमा सरोकारवालासँग आइतबार लमजुङमा गरिएको छलफलमा मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रममा गाँजा खेतीलाई ‘लिगलाइज’ गर्न र लोकल रक्सीलाई ब्रान्डिङ गरेर बजारमा ल्याउने विषय नीति तथा कार्यक्रममा पहिल्यै समेटिसकेको बताए ।
‘प्रदेश सरकारको नीति तथा कार्यक्रममा पहिल्यै समेटिएको छ, यसलाई कानून बनाएर कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध छ,’ उनको भनाइ थियो । उनले गाँजा र लोकल रक्सी दुवैमा औषधिजन्य गुण भएकोसमेत दाबी गरे । ‘मेरो सिम्पल कुरा छ । गाँजा भनेको लागू पदार्थ मात्रै होइन । यो औषधिजन्य पदार्थ पनि हो । यो कच्चा पदार्थ पनि हो । यसको डाँठबाट निस्कने कच्चा पदार्थ उद्योगमा प्रयोग हुन्छ,’ उनले भने, ‘उद्योगजन्य कच्चा पदार्थको लागि र औषधिजन्य पदार्थ प्रयोग हुने गरेर गाँजालाई लिगलाइज गर्नुपर्छ ।’
अहिले कानुन निर्माण गरिरहेको र यसको मर्स्यादा तयार भइरहेको भन्दै उनले यही हिउँदे अधिवेशनमा गाँजा र लोकल रक्सीलाई वैधानिक बनाउने विधेयक संसद्मा पेस गर्ने बताए ।
‘मलाई एउटा मात्रै चिन्ता छ, यसको दुरुपयोग भयो भने झन् उल्टो असर पर्न सक्छ । त्यसलाई कसरी कन्ट्रोल गर्ने, मेकानिजम बनाउने भन्ने हो । दुरुपयोग नियन्त्रण गर्न सकेन भने हामीले खोजेको लक्ष्य भन्दा विपरीत दिशातिर पनि जान सक्छ । यसमा म असाध्यै चिन्तित छु’ उनले भने, ‘यसलाई रेगुलेट गर्ने, नियमन गर्ने, नियन्त्रण गर्ने, त्यो एउटा मेकानिजम बनाएर खुला गर्नुपर्छ ।’
उनले आफ्ना साथीभाइ, ठूला उद्योगपतिहरुले रक्सीको ठूलो उद्योग खोल्नका लागि अनुमति माग गरेको बताए । ‘रक्सीको उद्योग खोल्दै हुनुहुन्छ भन्नुभएको छ । तपाइँहरुको लागि खुल्दै छैन भनेको छु । रक्सीलाई म ब्रान्डिङ गराउँछु । बनाउन दिने कानुन ल्याउँदैछु । तर, ठूला उद्योगीलाई होइन, जस्ले सानो, आ–आफ्नो घरमा बनाएर, बेचेर आफ्ना बच्चा पढाइरहेका, आफ्नो जीविकोपार्जन गरिरहेका, अलिकति औषधिमुलो गर्ने खर्चको जोहो गरिरहेकालाई लक्षित गरेर लोकल रक्सी ब्रान्डिङ गर्ने कानुन ल्याउने हो,’ उनले भने ।
उनले यसलाई सदुपयोग गरेर गाउँमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । ‘यसबाट आम्दानी हुन सक्छ । यसले ग्रामीण आर्थिक जनजीवनमा ठूलो फड्को मार्छ भन्ने हो, मेरो पनि उद्देश्य त्यही हो’ उनले भने ।
सम्बन्धित खबर
पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’
गण्डकीको हिउँदे अधिवेशन आज मध्यरातिदेखि अन्त्य
नेपाल भूतपूर्व खेलाडी मञ्चले रजत वर्ष मनाउँदै, ‘राष्ट्रिय खेलकुद पुरस्कार’ सहित विविध कार्यक्रम घोषणा
‘हेम्जाको शान, आलुको पहिचान’
तनहुँको आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
सहारालाई राज्यले सहयोग गर्नुपर्छ: उपाध्यक्ष आचार्य
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर