पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेल्दै गरेका ८ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका -१२ चापापानीबाट जुवातास खेल्दै गरेका ८ जनालाई नगदसहित शनिबार पक्राउ गरेको हो।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार शनिबार साँझ अन्दाजी ५ बजेको समयमा चापापानी स्थित मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा पोखरा -१० रामबजार बस्ने ५० वर्षीया पञ्चमाया गुरुङ, पोखरा -३० शिशुवा बस्ने ४० वर्षीय गोपी गुरुङ, पोखरा -१२ फुलबारी बस्ने ५२ वर्षीया पुर्णिमा गुरुङ, पोखरा -१६ दिप बस्ने ४६ वर्षीया रूपा गुरुङ, पोखरा – १३ बस्ने ५२ वर्षीय देवी बहादुर गुरुङ, पोखरा -१२ फूलबारी बस्ने ४१ वर्षीय धुत प्रसाद गुरुङ, पोखरा – १२ चापापानी बस्ने ५२ वर्षीया मैत कुमारी गुरुङ र मकवानपुरको हेटौडा घर भइ हाल पोखरा -११ रानीपौवा बस्ने ५५ वर्षीया कृष्णमाया थापा छन्।
प्रहरीले उनीहरूको साथबाट ४ बुक ताससहित नगद एक लाख पैंतिस हजार नौ सय पचासी रुपैयाँ बरामद गरेको छ। भने, उनीहरू विरुद्ध जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता विकले जानकारी दिए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो