नवलपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

नवलपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

accidentt durghatana

नवलपुर । वलपरासी पूर्व, कावासोतीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका–१४ थारु डण्डामा शनिबार दिउँसो ले.३ त ४९५५ नम्बरको ट्याक्टर र लु.२९ प १५३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक देउचुली नगरपालिका–१५ बस्ने ५७ वर्षीय खडानन्द काफ्ले जैसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ