पोखरा । नेकपा एमालेनिकट अनेरास्ववियुको कास्की जिल्ला मादी गाउँपालिका कमिटी अध्यक्षमा प्रदिप सापकोटा निर्वाचित भएका छन् । गत बिहीबार भएको दोस्रो अधिवेशनबाट सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
कमिटी उपाध्यक्षमा विवेक लामिछाने, सचिवमा सुमन गौतम, सहसचिवमा आरती बराल र विशाल बराल, कोषाध्यक्षमा उज्ज्वल पोखरेल चयन भएका छन् । सदस्यमा स्नेह गुरूङ, सयल गुरूङ, असिम गुरूङ, पूर्णिमा क्षेत्री, सफल पोखरेल, मदन सापकोटा, बिपिन क्षेत्री पराजुली, सुस्मिता बराल, सदिक्षा क्षेत्री, सरोज लामिछाने, सुदिप भण्डारी, रितिक अधिकारी, सोनिया गौतम, ममता गुरूङ, कविता सुनार, रोशनी आचार्य र ममता अधिकारी चयन भए ।
एक जना महिला सहसचिव कमिटीको बैठकबाट चयन गरिने अनेरास्ववियु कास्की कोषाध्यक्ष एवं मादीका पूर्वअध्यक्ष रवि क्षेत्रीले जानकारी दिए ।
अधिवेशनमा नेकपा एमाले मादी गाउँपालिका इन्चार्ज दिपक तामाङ, एमाले मादी अध्यक्ष बालकृष्ण गुरूङ, अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रबिन श्रेष्ठ, केन्द्रीय सदस्य विष्णु पोखरेल, केन्द्रीय सदस्य अनुप लामिछाने, कास्की जिल्ला अध्यक्ष सन्तोष पोखरेललगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला