पोखरा। महिला तथा बालिकालाई प्रलोभनमा पारी यौनशोषण गराउँदै आएका होटल संचालक सहित तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -८ जाल्पारोड स्थित काभ्रेली खाजा घरका संचालकले महिला तथा बालिकालाई प्रलोभनमा पारी जबरजस्ती यौनशोषण गराएको आरोपमा प्रहरीले खाजा घरका संचालक सहित उक्त कार्यमा संग्लग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा -९ पृथ्वीचोक बस्ने वर्ष २९ को प्रविन गुरुङ, पर्वत स्थायी घर भइ हाल काठमाण्डौ शंखमुल बस्दै आएका वर्ष २३ को निर्मल मल्ल र पोखरा -१७ बिरौटा बस्ने वर्ष २६ को राजेश ठकुरी छन्।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार उक्त खाजा घरका संचालकले बालिका तथा महिलालाई होटलमा राम्रो काम लगाइदिन्छु भन्दै ल्याउने र सुरूवातमा होटलको सरसफाईको काम लगाएजस्तो गरेपनि केही समयपछी राम्रो कमाई हुन्छ भन्दै उनीहरुलाई विभिन्न लोभलालच तथा प्रलोभनमा पारी परपुरुषसँग भेट गराई यौनशोषण गर्दै आइरहेका थिए।
खाजा घरका संचालकले उक्त कार्य गराउँदै आइरहेको भन्ने सूचना पश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले निगरानी गर्दा बिहीबार राती अन्दाजी १० बजेको समयमा सोही खाजाघरबाट महिलाहरूलाई बाहिर लैजान लागेको अवस्थामा दुई जना महिला र बालिकालाई उद्दार गरेको थियो।
हाल पक्राउ परेका तीनैजना माथि मानव ओसारपसार सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता विकले जानकारी दिए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो