पोखरामा आज दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत पोखरा-१० अमरसिंहचोकमा एचटी लाईन अन्डरग्राउन्ड कार्य गर्न असहज भएपछि विद्युत प्रवाह रोकेर नै काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र, मालेपाटनले जनाएको छ ।
सो कार्य गर्नका लागि ११ केभी एचटी प्रशारण लाइनको स्थानान्तरण गर्नुपर्ने भएकाले ११ केभी फिडरहरु सटडाउन हुने केन्द्रले जनाएको छ ।
जसअनुसार पोखरा वितरण केन्द्रका अनुसार सेती इन्कमर, फेवा इन्कमर, सिटी फिडर, तातोपानी फिडर अन्तर्गतका क्षेत्रमा बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
यसैगरी, न्यूरोड फिडर, एयरपोर्ट फिडर र बैदाम फिडर अन्तर्गत बिहान १० देखि मध्यान्ह १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते