कोरियन भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा १ लाख ६४ हजार बढीले दिए आवेदन

कोरियन भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा १ लाख ६४ हजार बढीले दिए आवेदन

eps-korea

पोखरा । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १ लाख ६४ हजार ३२२ जनाको आवेदन परेको छ । जसमध्ये २० हजार ५२२ जना सिपबिल्डिङ तर्फको परीक्षामा सहभागी भएका परीक्षार्थीहरू छन् । शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा मात्रै आवेदन दिनेको संख्या १ लाख ४३ हजार ८ सय जना छन् ।

शुक्रबार राति १२ बजेसम्म आवेदन दिन पाउने समय रहेकोले परीक्षार्थीको संख्या बढ्ने ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाले उत्पादनमूलक क्षेत्रमा १५ हजार ८ सय जनाको माग गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ