बेनी । म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो ।
माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित तीनदिने मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिए ।
मेलालाई सफल बनाउन विभिन्न २२ उपसमिति गठन गरिएको सो समितिले जनाएको छ । उद्योग वाणिज्य सङ्घ, जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा परम्परागत मेलालाई निरन्तरता दिन लागिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार मेलामा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा कृषि मेला पनि आयोजना गरिने भएको छ ।
मेलामा खुला नृत्य र आमाहरूको एकल लोकनृत्य प्रतियोगिता मुख्य आकर्षण रहने भएको छ । खुला नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार तथा आमाहरूको एकल लोकनृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु छ हजार र रु तीन हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
अन्धनिसान, महिला पुरुषको लठो तान्ने र छेलो फाल्नेलगायत प्रतियोगितासमेत मेलामा समावेश गरिएको महिला आयोजक समितिका महासचिव प्रमिला श्रेष्ठले जानकारी दिए । उनका अनुसार मेलामा जिल्लामा रहेका विभिन्न जातजाति, सङ्घसंस्था र समूहको पहिचान झल्कने झाँकी पदर्शनीसहित स्थानीय र राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहनेछ ।
बेनीमा वर्षौँदेखि सञ्चालन हुँदै आएको यो मेलाको निरन्तरतासँगै कला र संस्कृतिको संरक्षण तथा व्यापार व्ययवसाय वृद्धिसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताए । उनले मेला आयोजना हुने खुलामञ्चमा यसपटक म्याग्दीका व्यवसायी र उद्यमीका मात्रै व्यापारिक कक्ष रहने जानकारी दिए ।
परम्परागतरूपमा लाग्दै आएको मेलालाई व्यवस्थितरूपमा सञ्चालन गर्न विसं २०५७ देखि म्याग्दी उद्योग वाणिज्य सङ्घले निरन्तरता दिँदै आएको छ ।
सम्बन्धित खबर
सुन्तला बेचेर बर्सेनि ४५ लाख कमाउँछन् पर्वतका पूर्व शिक्षक
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
झोलुङ्गे पुलले यात्राअवधि छोटियो
म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो