पोखराका पत्रकार सञ्जय रानाभाट गाउँ पर्यटन पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीले नवौं साधरणसभा तथा चौंथो अधिवेशनको अवसर पारेर बिहीबार रानाभाटलाई पुरस्कार प्रदान गरेको हो ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, भिटोफका केन्द्रीय अध्यक्ष गोपाल थापा र गण्डकी अध्यक्ष उदय सुवेदीले अर्मलाकोटमा आयोजित कार्यक्रममा रानाभाटलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । प्रत्येक २ वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ छ । ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएबापत रानाभाटलाई पुरस्कार प्रदान गरेको भिटोफ अध्यक्ष सुवेदीले बताए ।
रानाभाट समाधान दैनिकका संवाददाता हुन् । २०७६ सालदेखि पत्रकारिता सुरु गरेका पत्रकार रानाभाटसँग पोखरेली न्यूज, गण्डकन्यूज, हिमाल खबर डटकम, रातोपाटी डटकममा पोखरा संवाददाता भएर काम गरेको अनुभव पनि छ । पोखरा १४ का बासिन्दा रानाभाट स्नातक तह चौथो वर्षमा अध्ययन गरिरहेका छन् ।
भिटोफ गण्डकी अध्यक्षमा शोमाकुमारी अधिकारी
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको अध्यक्षमा शोभाकुमारी अधिकारी चयन भएकी छन् । भिटोफ गण्डकीको नवौं साधारणसभा तथा चौंथो अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएका हो ।
उपाध्यक्षमा प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्वितीय उपाध्यक्षमा सुशीला भण्डारी चयन भएका हुन् । भिटोफको सचिवमा लक्ष्मण पहारी, कोषाध्यक्षमा शरण गुरुङ, सहसचिवमा विश्व क्षेत्री चयन भएका हुन् । सदस्यमा चिन्तामणि पोखरेल, भावना रानाभाट, विमल सापकोटा चयन भएका हुन् । निर्वाचन सम्पन्न संयोजक तारानाथ पहारी र सदस्य गोपाल थापा र रवीन्द्रराज पौडेल रहेको समिति बनेको थियो ।
भिटोफ केन्द्रीय अध्यक्ष गोपाल थापाले कसरी गाउँ पर्यटनलाई बढावा दिने भनेर कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सांसद प्रकाश बराल दैनिक जीवन सरल बनाउन होमस्टेले सहयोग गरेको बताए । होमस्टेले परम्परागत भाषा संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउने उनको भनाइ थियो ।
पोखरालाई पर्यटनको राजधानी घोषण गर्न हतार गर्न नहुने प्रदेश सांसद बरालले बताए । ‘पर्यटन राजधानी घोषण गर्ने कुरा गम्भीर भएर गर्नुपर्छ । हतार गर्नुहुँदैन । राजधानी हुँदैमा पर्यटन आउने होइन । हतार गरेर फुर्सदमा पछुयाउनु हुँदैन,’ उनले भने ।
भिटोफ गण्डकीका अध्यक्ष उदय सुवेदीले गाउँ प्रवद्र्धनले धेरै होमस्टेलाई प्रवद्र्धन गरेको बताए । उनले भिटोफ नपुगेको होमस्टे नै नभएको दाबी गरे । गाउँको पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्य नै गाउँ पर्यटन प्रवद्र्धन मञ्चको रहेको उनले सुनाए । ‘यो संस्थाको लिगेसी होमस्टेसँग छ, सँगसँगै गाउँका अन्य पर्यटकीय गन्तव्यलाई पनि बढावा दिने उद्देश्य हो,’ उनले भने, ‘कोभिडको बेलामा सबैतिर ठप्प हुँदा पनि हामीले यसको प्रचार गर्न रोकेनौं । त्यसबेला कास्की पर्वत र बागलुङमा ३ जिल्लामा एकैचोटि प्रवद्र्धन गरिएको थियो ।
ढोरपाटन र ताङतिङलाई पनि भिटोफले नै प्रमोट गरेको हो ।’ भिटोफ गण्डकीका निर्वतमान अध्यक्ष उदय सुवेदी, पूर्वअध्यक्षद्वय नवराज अधिकारी र नवराज पहारी, सल्लाहकार टीकाराम सापकोटा, रामजी शर्मा, शोभाकुमारी अधिकारी, पोखरा वडा नम्बर २१ का पूर्वअध्यक्ष खगराज आचार्य, होमस्टेकी अध्यक्ष बबिता गुरुङ, पोखरा महानगरपालिका पर्यटन विकास समितिको उपाध्यक्ष रवीन्द्रराज पौडेल र पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले अधिवेशनमा शुभकामना मन्तव्य दिएका थिए ।
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी