गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ ।
“काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भने, “डाँठ र पात गरी दुई केजी घटाउँदा थुङ्गा मात्र नौ किलोभन्दा बढीको रहेको छ ।”
नेपालमा अहिलेसम्मकै सबैभन्दा ठुलो काउली भएको प्रमुख पोखरेलको दाबी छ । यसअघि बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा आठ किलो आठ सय ८० ग्रामको काउली उत्पादन भएको पाइएको थियो ।

बागलुङका पदम खत्रीको फार्ममा उत्पादित ८ किलो ८ सय ८० ग्रामको काउली
करिब एक रोपनी क्षेत्रफलमा काउलीको व्यावसायिक खेती गर्दै आएका किसान बस्नेतको बारीमा अनुमानित आठ किलोग्रामभन्दा बढीका काउली फलेका छन् । बारीमा उत्पादित काउली ठुलो भएकाले बजारमा बिक्री गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ ।
“बारीमा आठ किलोभन्दा ठुलो काउली धेरै नै फलेका छन् । बारीको सबैभन्दा ठुलो काउली टिपेर जोख्ने क्रममा ११ केजीको भएको पाइयो”, बस्नेतले भने, “लामो समयको मेहनत र परिश्रमका कारण राम्रो उत्पादन भएकामा खुसी लागेको छ ।” काउलीको डाँठ र पात कटाएर नौ किलो भनिएको भए पनि अझै बढी तौल रहेको उनको भनाइ छ ।
कृषि क्षेत्रमा निरन्तर मेहनत गर्दै आउनुभएकी किसान बस्नेतले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने क्रममा यसपटक एउटै काउली नौ केजीभन्दा बढीको उत्पादन भएको जानकारी दिए ।
कृषि ज्ञान केन्द्र गोरखाले किसान बस्नेतको परिवारलाई बारीमा ठुलाठुला काउली फलेकाले ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला–२०८०’ को प्रदर्शनीमा लैजान सुझाव दिएकाले आफूहरूले बारीमा उत्पादित सबैभन्दा ठुलो काउली प्रदर्शनीमा पुर्याएको एककुमारीका श्रीमान् प्रह्लाद बस्नेतले बताए ।
“भक्तपुरे जातको काउलीलाई यो वर्ष हामी आफैँले क्रस गरेर बीउ उत्पादन गरी लगाएका हौँ”, उनले भने, “भदौमा रोपेको काउली अहिले टिपेर पूरै जोख्दा ११ केजी रहेको पाइयो । मेलामा ज्ञान केन्द्रले प्रदर्शनमा राखेको उक्त काउली हेर्नेका हाल भीड नै लागेको छ । रासस
सम्बन्धित खबर
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु