पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखरा लेडी जेसीज वर्ष २०२४ का अध्यक्ष गायत्री फुयाँल र पोखरा जेसीजका अध्यक्ष देवराज शर्माले पदभार ग्रहण गरेका हुन् ।
पोखरा लेडी जेसीजका निवर्तमान अध्यक्ष लक्ष्मी कुँवरले फुँयाललाई र पोखरा जेसीज निवर्तमान अध्यक्ष गणेश गिरीले शर्मालाई पदभार हस्तान्तरण गरेका हुन् । त्यसपछि नवनिर्वाचित अध्यक्षद्वय फुँयाल र शर्माले आफ्नो समितिलाई सपथ खुवाएका थिए ।

कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय अध्यक्ष रविन पोखरेलले नवनिर्वाचित दुवै संस्थाका अध्यक्षलाई युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रियतापूर्वक लाग्न निर्देशन दिए । युवाहरुको नेतृत्व एवं व्यक्तित्व विकास गर्ने अग्रणी संस्था जेसीस भएको उल्लेख गर्दै उनले हरेक कार्यमा संस्थाको गरिमालाई ख्याल गर्न आग्रह गरे ।
कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष रवीन्द्र गुरुङ, जेसीआई म्याग्दीका बर्ष २०२३ का अध्यक्ष सुमन बानियाँ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, चेम्वर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनुवार, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष संगीता पौडेल, पोखरा जेसीजका पूर्वअध्यक्ष ईश्वर कर्माचार्य, क्षेत्र (ख) निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर अनुप सुनुवार घिमिरेलगायले बोलेका थिए ।

सो अवसरमा पोखरा जेसीजका अध्यक्ष देवराज शर्मा र कार्यक्रम संयोजक राजेन्द्र रानाभाटले धन्यवाद ज्ञापन, कार्यक्रम संयोजक ईशा आलले स्वागत, पोखरा जेसीजका सचिव तिलक पौडेल र पोखरा लेडी जेसीजका कार्यकारिणी उपाध्यक्ष सुनिता गौतम भण्डारीले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा क्रिस्टल मन्टेश्वरीका बालबालिकाले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने