महेन्द्र र भविश्वरलाई थुनामा पठाउन कास्की अदालतको आदेश

सूर्यदर्शन सहकारी ठगी प्रकरण:

महेन्द्र र भविश्वरलाई थुनामा पठाउन कास्की अदालतको आदेश

Mahendra Gurung upasthit

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश बसन्तजंग थापाको एकल इजालसले सहकारीका पूर्वसञ्चालक सदस्य गुरूङ र सहकारी सञ्चालक भविश्वर अर्याललाई बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

गत २५ भदौमा पक्राउ पुर्जी जारी भएदेखि गुरूङ र अर्याल फरार थिए । उनीहरू कानुन व्यवसायीसहित मंगलबार अदालतमा हाजिर भएकोमा थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा पठाइएको थियो । बुधबार धरौटीमा छोड्न अदालतले अस्वीकार गरेसँगै दुवै जना कारागार चलान भएका छन् ।

सूर्यदर्शन सहकारीसम्बद्ध १९ जनाविरुद्ध एक अर्ब ११ करोड बिगो दाबी गरेर अदालतमा मुद्दा लगिएको छ । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds