राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया हान्ने लमजुङका सन्तोष रानाभाट १० दिनपछि छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई मंगलबार आर्थिक कारबाही नगरी साधारण तारेखमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
गत ७ पुस गते पोखरा अमरसिंह चौरमा आयोजित स्वतन्त्र पार्टीको सभामा रानाभाटले लामिछानेलाई मकैको खोया हानेका थिए ।
रविलाई मकैको खोयाले हानेको आरोपमा पक्राउ परेका रानाभाटलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएको थियो ।
लमजुङको राइनास नगरपालिका–८ स्थायी घर भएका ३७ वर्षीय रानाभाट पोखरा बस्दै आएका छन्।
लामिछानेले भने आफूलाई मकैको खोयाले आक्रमण गरे पनि रानाभाटलाई कुनै कारबाही नगर्न प्रहरीलाई आग्रह गरेका थिए ।
स्टेजमा मन्तव्य राखिरहेका बेला मकैको खोया मगाएर देखाउँदै लामिछानेले आफू जनताको ढुङ्गा, खोया, गाली, ताली सबै सहन तयार भएर नै राजनीतिमा आएकाले कारबाही नगर्न उनले आग्रह गरे।
‘सुरक्षा निकायका साथीहरू, उहाँलाई छाडिदिनुहोला, ससम्मान घर पुर्याइदिनुहोला,’ लामिछानेले आफूतर्फ फालिएका मकैको खोया देखाउँदै मञ्चबाट भने, ‘उहाँलाई कुनै समस्या छ भने पनि समाधान गर्न सबैभन्दा अग्रपंक्तिमा बस्ने बाचा गर्छु।’
प्रहार भएको खोया हातमा लिँदै कार्यक्रमको माइकबाटै सभापति लामिछानेले रानाभाटले हानेको खोया सुरक्षित र संरक्षण गरेर राख्ने बताएका थिए। ‘म यसलाई घरको भित्तामा झुन्डाएर सुरक्षित राख्छु। कुहिन पनि दिदिँन।’
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने