फेसबुकमा फेक आईडी बनाई ठगी गर्ने ३ जना पक्राउ

फेसबुकमा फेक आईडी बनाई ठगी गर्ने ३ जना पक्राउ

११

पोखरा । कास्की प्रहरीले नक्कली फेसबुक आइडी बनाएर ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका –२९ तालचोक बस्ने २२ वर्षीय अनुराग घिमिरे, जिल्ला चितवन रत्ननगर नगरपालिका– १३ टाँडी बस्ने २० वर्षीय प्रवेश रिमाल र जिल्ला सिरहा लाहान नगरपालिका– १ रमाद मटियवरा टोल बस्ने २१ वर्षीय यूनिक सिंह रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले केटीको नाममा फेसबुक आइडी बनाएर पुरुषहरुलाई साथी बनाउने, भिडियो कल गरी अश्लील भिडियोहरू देखाउने र स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डर धम्की दिएर पैसा असुल्ने गरेका थिए ।

उनीहरुलाई सोमबार चितवन प्रहरीको सहयोगमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।

पक्राउ परेका तीनै जना विरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर र विद्युतीय अपराध सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ