फरार महेन्द्र गुरूङ र भविश्वर अर्याल अदालतमा हाजिर

सूर्यदर्शन सहकारी हिनामिना प्रकरणः

फरार महेन्द्र गुरूङ र भविश्वर अर्याल अदालतमा हाजिर

Mahendra Gurung upasthit

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अरोप लागेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) अदालतमा उपस्थित भएका छन् ।

भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार भोटे र अर्याल कानुन व्यवसायीका साथ मंगलबार अदालतमा हाजिर भएका हुन् । गुरुङको साथमा सहकारीका आइटी प्रमुख भविश्वर अर्याल पनि उपस्थित भए  ।

उनीहरु विरुद्ध आज थुनछेक बहस भयो । कास्की प्रहरीले बहस नसकिएका कारण अहिले दुवै जना प्रहरी हिरासतमा रहेको बताएको छ । भोटे र अर्यालको मंगलबार अदालतमा बयान लिइएको र बुधबार पनि जारी रहने प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले गुरुङ र अर्याल आफै अदालत उपस्थित भएको बताए । अब दुवै जना प्रहरी नियन्त्रणमा आइसकेकाले बाँकी कुरा अदालतको फैसला अनुसार हुने उनले बताए ।

सहकारीका अध्यक्ष जिबी राइसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा १५ जना अझै फरार छन् ।

यसअघि पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds