दक्षिण कोरियाका विपक्षी नेता लीमाथि छुरा प्रहार, एक जना पक्राउ

दक्षिण कोरियाका विपक्षी नेता लीमाथि छुरा प्रहार, एक जना पक्राउ

lee

दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि छुरा प्रहार भएको छ । ली जे–म्युङमाथि दक्षिणी बन्दरगाह सहर बुसानमा आयोजित पत्रकार सम्मेलनमा छुरा प्रहार भएको स्थानीय योनहाप समाचार संस्थाले जनाएको छ।

सन् २०२२ को राष्ट्रपतीय चुनावमा थोरै मतान्तरले हारेका ली जे–म्युङलाई आज बिहान घाँटीमा छुरा प्रहार भएको हो ।

नेता लीलाई आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको जनाइएको छ । आक्रमणकारीले शुरुमा नेता लीसँग अटोग्राफ मागेका र अचानक छुरा प्रहार गरेका खबरमा उल्लेख छ ।

छुरा प्रहारबाट नेता लीको घाँटीमा गहिरो चोट लागेको छ । ५९ वर्षीय लीले डेमोक्रेटिक पार्टी अफ कोरियाको नेतृत्व गर्दै आएका छन् ।

दक्षिण कोरियामा यसै वर्षको अप्रिलमा आम निर्वाचन हुँदैछ ।

उनी यसअघिको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति युन सुक–योलसँग शून्य दशमलव ७३ प्रतिशतको मतान्तरले पराजित भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ