जनवरी १ लाई ‘एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ का रूपमा मनाउन अनुरोध

नेपाली टोपी दिवस

जनवरी १ लाई ‘एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ का रूपमा मनाउन अनुरोध

top2

पोखरा । जनवरी १ अर्थात पुस १६ गते ‘एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाउन नेपाली टोपी प्रतिष्ठान गण्डकीले अनुरोध गरेको छ।

संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपालीमूलका सबै नागरिकलाई यहि पुस १६ गते (जनवरी १ तारिख, २०२४) का दिन आफ्नो अवस्था अनुकूल नेपाली टोपी पहिरेर नेपाली टोपीलाई व्यापक रुपमा स्थापित गराउन सहयोग गर्न अनुरोध गरेको हो ।

प्रतिष्ठान गण्डकीका अध्यक्ष महेश्वर सिंह भण्डारीले स्वतस्फुर्त रुपमा नेपाली युवाहरुले विगत १० वर्षदेखि अंग्रेजी वर्षको पहिलो दिन जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आईरहेको बताए ।

नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको अभियानको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds