पोखरा । देशका केही स्थानमा बदली रही आज आइतबार एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अहिले अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य मात्र रहेको छ । तराईका धेरै ठाउँमा बेलुकीपखसम्म नै बाक्लो हुस्सु लाग्ने भएकाले हवाई उडान प्रभावित हुनसक्ने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । घाम लाग्न थालेपछि भने कुहिरो हट्दै जाने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते