पोखरा । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहको ७९ औं जन्मजयन्ती पोखरामा मनाइएको छ ।
पोखरा–१० वीरेन्द्र चोकमा गत ९ पुसमा पुनःस्थापित गरिएको राजा वीरेन्द्रको सालिकमा शनिबार माल्यार्पण र साँझ सोही स्थानमा दीप प्रज्जवलन गरेर उनको सम्झना गरिएको हो ।
सालिक निर्माण समिति अध्यक्ष मेजर गणेशबहादुर क्षेत्रीको अध्यक्षतामा, स्थानीय अगुवा मनवीर गुरूङको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय आमा समूह, टोल विकास संस्था, मन्दिर व्यवस्थापन समिति, ज्येष्ठ नागरिकलगायतको उपस्थिति थियो ।
जन्मजयन्तीको अवसरमा कार्यक्रम गरिए पनि शिलालेख स्थापना र रंगरोगनपछि सालिक अनावरण गर्ने तयारी भइरहेको पुनःनिर्माण समिति सचिव अरुण गिरीले जानकारी दिए ।
०५८ सालमा राजा वीरेन्द्रको हत्यापछि २०५९ सालमा राप्रपा नेता क्षेत्रबहादुर केसीले चोकमा सालिक राखेका थिए । त्यसपछि हालको पोखरा १०, १५ र १४ को संगम रहेको चोकलाई वीरेन्द्रचोक नामाकरण गरिएको थियो ।
२०६१ सालमा केसी माओवादीबाट मारिए। उनको हत्याको दुई वर्षपछि माओवादीले आन्दोलनको क्रममा सालिक तोडफोड गरेका थिए । तोडफोड भएपछि मनवीर गुरुङको नेतृत्वमा सालिक पुनः स्थापना गर्न समिति बनेको थियो । त्यो समितिले काम गर्न सकेन ।
हालसालै गणेशबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा अर्को समिति बन्यो । यही समितिले १८ वर्षपछि वीरेन्द्रचोकमा चार दिनअघि शुभ साइत हेरेर राजा वीरेन्द्रको सालिक ठड्याएको हो ।

सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते