पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी काम व्यवस्थित बनाउन उत्कृष्ट कार्ययोजना सहित अगाडि बढ्न आग्रह गर्दै उत्कृष्ट पार्टी निर्माणमा प्रभावकारिताका साथ लाग्न आग्रह गरे ।
उपमहासचिव गुरुङले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिँडाउन सक्ने कुरा वर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको उल्लेख गरे ।
एमाले सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले कार्यकर्ता र सबै नेताहरू सुढृढ पार्टी निर्माणमा हर तरहले लाग्न आग्रह गर्दै सबल र सक्षम कार्यकर्ता निर्माण मार्फत सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा हुने जिकिर गरे। बिष्टले हर पार्टी कमिटीहरू चलायमान बनाउँदै पार्टीको समय सापेक्ष नयाँ उचाइ निर्माणमा लाग्न आग्रह गरे ।
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ८४ को अभिष्ट पूरा गर्न सम्पूर्ण पार्टी कमिटी र सदस्यहरू एकमना एकता सहित कटिबद्धताका साथ लागिपर्न आग्रह गरे । अधिकारीले लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको भन्दै अनेकन अफवाहलाई चिर्दै जनताको बीचमा जानुपर्ने उल्लेख गरे ।
बैठकले पार्टी कमिटिका सदस्यहरूको कार्य विभाजन गरेको छ । जस अनुसार गण्डकी प्रदेशका निर्वाचन क्षेत्र, भुगोल जिल्ला, पालिका, जनवर्गिय संगठनसहित विभिन्न विभागीय जिम्मेवारी तोकेको सचिव धनन्जय दवाडीले जानकारी दिए ।
सचिव दवाडीका अनुसार पार्टीबाट निर्वाचित स्थानिय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षणसहित प्रथम अधिवेशनबाट निर्वाचित चालीस बर्षमुनिका कमिटी सदस्यहरूलाई नेतृत्व विकास कार्यशाला समेत आयोजना गर्ने निर्णय भएको छ।
बैठकले जनवर्गिय संगठनको अधिवेशन माघभित्र तथा जिल्ला अधिवेशन चैत्रभित्र सम्पन्न गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख मञ्जु अधिकारीले जानकारी दिइन् ।

बैठकले पार्टीको प्रदेश कार्यालय संचालनका लागि भवन किन्ने निर्णय गरेको छ भने पहिलो अधिवेशनबाट निर्वाचित छुट सदस्यहरूको सपथ समेत सम्पन्न गरेको अधिकारीले जानकारी दिए ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते