युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो मिसाइल बम आक्रमण, ३० जनाको मृत्यु

युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो मिसाइल बम आक्रमण, ३० जनाको मृत्यु

ukrine_rus

युक्रेनमा रुसले गरेको अहिलेसम्मकै ठूलो मिसाइल बम आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

रुसले शुक्रबार बिहानै युक्रेनको राजधानी किभ, ओडेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गरेको थियो। यस आक्रमणमा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

युक्रेनी वायुसेनाका प्रवक्ताले एकैपटक यति धेरै मिसाइल आक्रमण आफूले कहिल्यै नदेखेको बताएका छन्।

उनले रुसले आक्रमणका लागि हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरेको जसलाई रोक्न गाह्रो भएको बताएका छन्।

वायुसेनाले १५८ क्षेप्यास्त्र र ड्रोनमध्ये ११४ वटा खसालिएको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ