पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । घटनामा परी दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्सवको गेट बाहिर फुटपाथमा व्यापार गर्न आएकी भारत घर भएकी इस्श्रावती कुमारी रहेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस बिहान ८ः५५ बजेको समयमा ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा गमला, बाटाको व्यापार गर्ने इस्श्रावती कुमारीसहित ३ जना घाइते भएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
गम्भिर घाइते इस्श्रावतीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचारको लागि लगिएकोमा १०ः३८ बजे मृत घोषणा गरेको हो ।
दुर्घटनामा परी तनहुँ म्याग्दे ८ का ३६ वर्षीय रामजी गन्धर्भ र पर्सा जिला दिप १ की ४६ वर्षीया चिजमायाँ गन्धर्व घाइते भएका छन् ।
उनीहरुको खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता विकले जानकारी दिए । उनका अनुसार उनीहरुको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।
लेखनाथ महोत्सवको गेट बाहिर स्टल व्यापारी भन्दा धेरै फुटपाथ व्यापारी थुप्रिएर भीडभाड बढेपछि यसलाई हटाउन माग भएको थियो ।
तर, बाहिर फुटपाथ व्यापारी आन्दोलित भए । आयोजक लेखनाथ उद्योग वाणिज्य संघले पनि हटाउन सक्रियता देखाएन । अहिलेको मानवीय क्षति यही व्यवस्थापन गर्न नसकेर भएको स्थानीयको बुझाई छ ।
त्यहाँका पत्रकार सन्दीप पौडेलले फेसबुकमा लेखेका छन् : आजको लेखनाथ महोत्सव स्थलमा दुर्घटनाको जिम्मा फुटपाथ हटाउन नसक्ने निरीह पोखरा महानगर प्रहरी र चुईंक्क नबोल्ने आयोजक लेखनाथ उद्योग वाणिज्य संघले लिनुपर्छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने