टिम दिपाङ १ सय ३३ रनले विजयी

टिम दिपाङ १ सय ३३ रनले विजयी

sun bdr

पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशलामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा टिम फेवा माथि टिम दिपाङ १ सय ३३ रनले विजयी भएको छ ।

पहिला व्याटिङ गरेको दिपाङले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक २ सय ४७ रन बनाएको थियो । दिपाङका लागि राजु खनालले १ सय ३ रन तथा आदित्य थापा र आशिष न्यौपानेले समान २७ रन जोडे ।

फेवाका बलरहरु अभिषेक थापा र सन्तोष सर्माले २÷२ विकेट लिए । जितका लागि २ सय ४८ रनका लक्ष्य पछ्याएको फेवाले २५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १४ रन बनायो । फेवाका व्याट्स्म्यानहरु शिवकुमार यादवले २५, विकास अधिकारीले २४ तथा निरज गुरुङ्गले १० रन बनाए ।

दिपाङका बलर विधान श्रेष्ठ एक्लैले ७ विकेट लिए । मुकेश गुप्ताले २ विकेट लिएका थिए । खेलमा दिपाङका राजु खनाल प्लेयर अफ द म्याच भए । कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाले उनलाई पुरस्कृत गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ