सिप बिल्डिङमा परीक्षा दिएका सबैले उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने

सिप बिल्डिङमा परीक्षा दिएका सबैले उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने

EPS

काठमाडौँ । वैदेशिक रोजगार विभागले पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका सबैका लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने निर्णय गरेको छ ।

विभागले यही पुस १६ देखि १८ गतेसम्म फाराम भर्नको लागि शुक्रबार आवेदन खुला गरेको हो ।

उच्च अदालत पाटनले आवेदन फाराम भर्न रोक नलगाउनु भन्ने आदेश गरेपछि कोरियाको मानव संशाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै विभागले गत साउनमा जहाज क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरुले मात्रै फारम भर्न पाउने निर्णय गरेको हो ।

विभागले जहाजभन्दा बाहेकका व्यक्तिले फारम भर्न नपाइने जनाएको छ ।

यसअघि उच्च अदालतले रिट निवेदन दिने १८ जनाको हकमा फाराम भर्न आदेश दिएको र ईपीएस शाखाले त्यसैअनुसार १८ जनाको लागि मात्रै आवेदन खुलाएपछि अरु परीक्षार्थीले विरोध गरेका थिए ।

हिजो भएको विरोध प्रदर्शनको क्रममा दुई युवाको मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ