ईपीएस आन्दोलनकारी र प्रहरीबीच झडप : एक युवकको मृत्यु

ईपीएस आन्दोलनकारी र प्रहरीबीच झडप : एक युवकको मृत्यु

Mantri-jwala-gadi

ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको छ।

प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। उनको ठेगाना खुलिसकेको छैन।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बा२झ ५८६१ को गाडीमा आगजनी भएपछि प्रदर्शनकारीले अन्य सवारीसाधनमा समेत तोडफोड गरेका थिए । सुरक्षाकर्मीमाथि ढुंगामुढामा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो ।

प्रदर्शनमा उत्रिएका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईपीएसको कोरियन भाषामा सिप बिल्डिङमा आवेदन दिएका युवाले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने भएपछि आन्दोलनमा उत्रिएका हुन् । ईपीएस कार्यालयको निर्णयविरुद्ध रिट दायर भएपछि अदालतले आवेदन लिन आदेश दिएको थियो । तर, रिट दायर गर्ने १८ जनाले मात्र आवेदन दिन पाउने गरी आदेश भएपछि अन्य युवा प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ