दुई सातादेखि बन्द भएको पोखराको प्याराग्लाइडिङ पुनः सुचारु हुने

दुई सातादेखि बन्द भएको पोखराको प्याराग्लाइडिङ पुनः सुचारु हुने

paragliding-in-pokhara

पोखरा । पोखरामा करिब दुई साता देखि बन्द भएको प्याराग्लाइडिङ पुनः सुचारु हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र व्यवसायी बिच बिहीबार भएको छलफलबाट विवाद समाधान भएको र पुनः प्याराग्लाइडिङ सुचारु हुने सहमति भएको प्राधिकरणले जनाएको छ ।

नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका अध्यक्ष सुनिल भट्टराईका अनुसार सुरुवातमा जुन मूल्य तोकेर सेवा सञ्चालन गरेका थिए, त्यही अनुसार गर्ने भनेर व्यावसायीबीच सहमति भएको छ ।

प्राधिकरणले अब आधिकारिक पत्र पठाएर प्याराग्लाइडिङ खोल्न भनेसँगै सेवा सुचारु गर्ने उनले बताए । प्राधिकरणले संभवतः आज शुक्रबार पत्र पठाउने छ ।

गत मंसिर अन्तिम साता प्याराग्लाइडिङका कम्पनीहरूले आफैँ उडाउन पाउने त्यसको मूल्य पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग गर्दै आएका थिए त्यसको विवाद नाले मिलाउन नसके पछि क्यानले तत्काललाई पोखराको प्याराग्लाइडिङ स्थगित गर्न सूचना जारी गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ