पोखरा महानगरपालिका वडा नं. १४, चाउथे अनुपमटोलमा अवस्थित पोखरा पब्लिक स्कुलको २९ औं वार्षिकोत्सव विविध सांस्कृतिक समारोहसहित सम्पन्न भएको छ ।
स्कुलले दूई दिने कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । पहिलो दिन विद्यार्थीहरुको कला प्रदर्शनी गरिएको थियो ।
वार्षिकोत्सवको बुधबार विशेष कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्कीले देशको शिक्षा क्षेत्रको विकासको लागि निजी विद्यालय र सामुदायिक विद्यालय मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले पोखरा पब्लिक स्कुलले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार समिति संयोजक हेरम्बराज कोइराला, पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत बद्रीनाथ सुवेदी, विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण के.सी.लगायतले बोलेका थिए ।
वार्षिकउत्सव तथा अभिभावक दिवस अन्तरगत बुधबार २०७९ सालको एसईई परीक्षामा विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याएका राम शरण थापालाई नगद पच्चिस हजार रुपैयाँ र चाँदीको पदकले सम्मान गरिएको विद्यालयका नेपाली शिक्षक बुद्धिसागर त्रिपाठीले जानकारी दिए ।
द्वितिय भएका संस्कार सापकोटा, सुजिन गुरुङ तथा तृतिय भएका प्रकरण सारु र प्रदीप थापालाई चाँदीको पदकले सम्मान गरिएको थियो ।
कक्षा १२ एस.एल.सी परिक्षामा सहभागी बनेर विद्यालयको तर्फबाट उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरू पोसा कँडेल, अमृता पोखरेल र सलिना थापालाई समेत चाँदीको पदकले सम्मान गरियो ।
विद्यालयको परिक्षामा सर्वोत्कृष्ट हुने मध्येमा जुनियर लेभलमा छात्रतर्फ आगमन बराल र छात्रा तर्फ शान्सा न्यौपाने तथा सिनियर लेभलमा छात्र तर्फ सिमान्त पोखरेल र छात्रा तर्फ ऋतु खड्कालाई समेत पुरस्कृत गरिएको शिक्षक त्रिपाठीले बताए ।
वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको थप आर्कषणको रुपमा लोकनृत्य, प्रत्यक्ष गायन, सांस्कृतिक भेषभूषा लगायत समेत रहेको थियो ।
पहिलो दिन बृहत शैक्षिक प्रदर्शनी [भिडियो]
पहिलो दिन मंगलबार बृहत शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका सामाग्रीहरू राखिएको थियो ।

प्रर्दशनीको पृथ्वीनारायण बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवं पोखरा पब्लिकका संस्थापक विश्वराज अधिकारीले उद्घाटन गरें । प्रदर्शनीमा राखिएका शैक्षिक सामाग्रीको अवलोकन गरी जानकारी लिएका उनले विद्यार्थीले गरेको मेहनतको तारिफ गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली विषयका शिक्षक बुद्धिसागर त्रिपाठीले गरेका थिए ।
२९ वर्ष अगाडि स्थापना भएको यो विद्यालयमा नर्सरी देखि १२ कक्षा सम्मको पढाई हुन्छ । कुल १ हजार १ सय ३२ जना विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा ५५ जना शिक्षक र २५ जना कर्मचारी गरेर कुल ८० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने